• ट्रेण्डिङ्ग :
पोखरालाई हराउँदै ललितपुर एनएसएलको फाइनलमा प्रवेश

पोखरालाई हराउँदै ललितपुर एनएसएलको फाइनलमा प्रवेश


  • 4.0K
    SHARES
    • पौष १२, २०८० बिहीबार
    • २ बर्षs अघि
    • 6.1K Views

    पोखरालाई हराउँदै ललितपुर एनएसएलको फाइनलमा प्रवेश

    काठमाण्डौ १२ पुस/ पोखरा सिटी एफसीलाई हराउँदै ललितपुर सिटी एफसी दोस्रो संस्करणको नेपाल सुपर लिग फुटबल (एनएसएल) को फाइनलमा पुगेको छ ।

    images

    बिहीवार त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको दोस्रो क्वालिफायर खेलमा पोखरालाई २–१ गोलले हराउँदै ललितपुर उपाधि नजिकै पुगेको हो । खेलको ३४ औँ मिनेटमा निखिल कदम रातो कार्ड पाउँदै बाहिरिएपछि ललितपुर १० खेलाडीमा सीमित भएको थियो । तर पोखराले यसको फाइदा उठाउन सकेन ।

    खेलको पहिलो हाफको इन्ज्युरी समयमा इमोह इजेकिलले गोल गर्दै ललितपुरलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको ७१ औँ मिनेटमा पोखराका स्टेफेन कोजोले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए । निर्धारित ९० मिनेटको खेलमा थप गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा गएको थियो ।

    अतिरिक्त समयको १७ औँ मिनेटमा ललितपुरका कुशल देउवाले गोल गर्दै फेरि टोलीलाई अग्रता दिलाए । त्यसपछि थप गोल हुन नसकेपछि ललितपुर २–१ गोलले विजयी भयो ।

    अब ललितपुरले एनएसएलको फाइनलमा पर्सि शनिवार पहिलो संस्करणको उपविजेता धनगढी एफसीसँग खेल्नेछ । ललितपुर पहिलो पटक फाइनलमा पुगेको हो ।


    तेस्रो आँखा