• ट्रेण्डिङ्ग :
एकीकृत समाजवादीको बैठक : ७० वर्षको उमेर हद लगाउन नहुने माग

एकीकृत समाजवादीको बैठक : ७० वर्षको उमेर हद लगाउन नहुने माग


  • 3.4K
    SHARES
    • पौष १३, २०८० शुक्रबार
    • २ बर्षs अघि
    • 5.2K Views

    एकीकृत समाजवादीको बैठक : ७० वर्षको उमेर हद लगाउन नहुने माग

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को सातौँ केन्द्रीय कमिटी बैठकमा अधिकांश केन्द्रीय सदस्यले ५० वर्षमुनिका ५० प्रतिशत नेतालाई पार्टीको केन्द्रीय कमिटीमा समेटिनुपर्ने माग गरेका छन् ।

    images

    बैठकमा उनीहरूले ७० वर्षको उमेर हद लगाउन नहुने, प्रत्यक्ष निर्वाचनबाट नेतृत्व चयन गर्नुपर्ने, केन्द्रीय नेतृत्व केन्द्रीय कमिटीले चयन गर्नुपर्ने, अध्यक्षले मनोमानी गरेमा हटाउन सक्ने व्यवस्था हुनुपर्ने माग गरेका हुन् । 

    बैठकमा ७५ जिल्लाका प्रमुख, ३२ वटा विभाग, प्रदेश अध्यक्षलगायत ३०१ सदस्यीय केन्द्रीय कमिटी बनाउनुपर्ने, प्रदेश कमिटी १५० सदस्यीय हुनुपर्ने, क्रियाशीलता, भूगोल, समुदायलाई समेटेर केन्द्रीय कमिटी बनाउनुपर्ने सुझाव दिइएको थियो । 

    आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा पार्टीकातर्फबाट उम्मेदवार चयन गर्नेलगायत विषयमा निर्णय गर्दै बैठक शुक्रबार सम्पन्न हुने छ । रासस 


    तेस्रो आँखा