• ट्रेण्डिङ्ग :
बालकुमारी घटना : एमालेद्धारा भर्त्सना

बालकुमारी घटना : एमालेद्धारा भर्त्सना


  • 2.9K
    SHARES
    • पौष १३, २०८० शुक्रबार
    • २ बर्षs अघि
    • 4.5K Views

    बालकुमारी घटना : एमालेद्धारा भर्त्सना

    काठमाडौँ १३ पुस/ नेकपा एमालेले बालकुमारीमा भएको घटनाका भर्त्सना गरेको छ । एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले शुक्रबार विज्ञप्ति जारी गर्दै प्रदर्शनकारीमाथि गरिएको प्रहरी हस्तक्षेप, दमन र धरपकडप्रति भर्त्सना गरेका हुन् । 

    images

    रोजगार अनुमति प्रणाली (ईपीएस) आवेदन फाराम भर्न नपाएको भन्दै आन्दोलनमा उत्रिएका युवा र प्रहरीबिच झडपमा दुई जना युवाको मृत्यु भएको थियो ।  सो घटनाको दुःख व्यक्त गर्दै एमालेले परीक्षामा सामेल हुन पाउनुपर्ने युवाहरूको न्यायोचित मागलाई वार्ताको माध्यमबाट अविलम्ब पुरा गर्न सरकारसँग माग गरेको छ । यस्तै एमालेले प्रदर्शनकारीहरूलाई शान्तिपूर्ण र वैधानिक बाटोबाट समस्याको समाधान खोज्न  अपिल पनि गरेको छ । 


    तेस्रो आँखा