• ट्रेण्डिङ्ग :
नाकाबासीले नै राष्ट्र र राष्ट्रियताको रक्षा गरेका छन् : मन्त्री मास्की

नाकाबासीले नै राष्ट्र र राष्ट्रियताको रक्षा गरेका छन् : मन्त्री मास्की


  • 5.6K
    SHARES
    • पौष १३, २०८० शुक्रबार
    • २ बर्षs अघि
    • 8.6K Views

    नाकाबासीले नै राष्ट्र र राष्ट्रियताको रक्षा गरेका छन्  : मन्त्री मास्की

    देउखुरी, १३ पुस । लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले नाकाबासीले नै राष्ट्र र राष्ट्रियताको रक्षा गरेको बताएका छन् । खंग्रानाका हुदै भैंसाही नाकासम्मको सिमावर्ती क्षेत्रको अनुगमन तथा स्थानीयहरुसँग भेटघाटका क्रममा उनले नाका क्षेत्रमा विकट पनि भएको र दुःख कष्टपूर्ण जीवनयापनले भए पनि आफ्नो राष्ट्रियताको रक्षा गरेको उनले बताए । ‘नाकाको बस्तिहरुले जुन दुःख कष्टकोसाथ बस्ति बसाल्नु भएको छ । यी गाउँहरुले हाम्रो राष्ट्र र राष्ट्रियताको रक्षा गरेको छ’,उनले भने ।

    images

    नाका क्षेत्रले गणतन्त्र प्राप्तीका लागि पनि ठूलो योग्दान गरेको उनले बताए । साथै उनले नाका क्षेत्रमा बाटोसँगै खानेपानी, विद्युत र सञ्चारको पहुँचलाई आफुले पहिलो प्रथामिकतामा राखेको बताए ।

    उनले नाकासम्म पुग्ने उत्तर दक्षिणको सडक निर्माण पहिलो चरणमा राखेको तथा कपिलवस्तुको पश्चिम भाग र दाङको पुरै सिमाना र नेपालगंजको पुर्वी भाग सिमावर्ती क्षेत्रमा सिमानाको ठुलो समस्या भएको भएको भन्दै त्यसमा आफ्नो ध्यान रहेको बताए । 

    सिमावर्ती क्षेत्रमा बाह्रै महिना यातायातका सुचारु हुने हिसावले काम गर्न चाहेको उनले बताए । नाकामा प्रदेश सभा सदस्य कृष्ण कुस्मा थारु, गढवा गाउँपालिका अध्यक्ष यामनारायण शर्मा पोख्रेल, राजपुर गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष पुष्कर वलीलगायतको सहभागिता थियो ।  


    तेस्रो आँखा