• ट्रेण्डिङ्ग :
कांग्रेसमा देउवा पछिको बरियतामा पौडेल

कांग्रेसमा देउवा पछिको बरियतामा पौडेल


  • 7.9K
    SHARES
    • पौष १९, २०७८ सोमबार
    • ४ बर्षs अघि
    • 12.1K Views

    कांग्रेसमा देउवा पछिको बरियतामा पौडेल

    काठमाडौं, १९ पुस । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बरिष्ठ नेता रामचन्द्र पौडेललाई दोस्रो बरियता दिएका छन्। उनले केन्द्रीय समितिमा मनोनित गर्दै दोस्रो बरियता दिएका हुन्। 

    images

    आफ्नो समूह पनि मिलाउन नसकेर पार्टीको १४ औँ महाधिवेशनमा राजनीतिबाट सन्यास लिन खोजेका पौडेललाई कांग्रेसले दोस्रो बरियता दिएको हो। सोमबार बसेको केन्द्रीय समितिको बैठकले उनलाई दोस्रो नमबरको बरियता दिएको हो।

    रामचन्द्र पौडेलपछिमात्र नयाँ केन्द्रीय समितिका पदाधिकारीको बरियता रहेको छ। कांग्रेसमा पूर्व पदाधिकारीको बरियतापछि सभापतिका प्रत्यसी डा. शेखर कोइरालाको बरियता कायम गरिएको छ।


    तेस्रो आँखा