• ट्रेण्डिङ्ग :
कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ६ उम्मेदवारको नाम

कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ६ उम्मेदवारको नाम


  • 7.8K
    SHARES
    • पौष १९, २०७८ सोमबार
    • ४ बर्षs अघि
    • 12.0K Views

    कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ६ उम्मेदवारको नाम

    काठमाडौं, १९ पुस । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सकिएको छ। राष्ट्रिय सभाको निर्वाचनमा उम्मेदवार तय गर्न सभापति शेरबहादुर देउवाले बैठक बोलाएका हुन्।

    images

    बैठकले १२ माघमा हुन लागेको राष्ट्रिय सभाको निर्वाचनमा कांग्रेसको तर्फबाट उम्मेदवार तय गरेको छ। प्रदेश १ मा गोपाल बस्नेत, बागमतीमा कृष्णप्रसाद पौडेल, गण्डकीमा कमला पन्त, लुम्बिनीमा युवराज शर्मा, कर्णालीमा दुर्गा पुन  र सुदूरपश्चिममा नारायण दत्त मिश्र उम्मेदवार रहने केन्द्रीय सदस्य गोविन्द भट्टराईले जानकारी दिए।

    नेपाली कांग्रेसको १४औँ महाधिवेशनपछि सोमबार दोस्रो केन्द्रीय कार्यसमिति बैठक बसेको हो । केन्द्रीय कार्यसमिति बैठक बस्नु अघि पदाधिकारी बैठक बसेको थियो।


    तेस्रो आँखा