• ट्रेण्डिङ्ग :
जिल्ला अदालतको फैसलाविरुद्ध उच्च अदालत जाँदै सन्दीप

जिल्ला अदालतको फैसलाविरुद्ध उच्च अदालत जाँदै सन्दीप


  • 3.9K
    SHARES
    • पौष १४, २०८० शनिबार
    • २ बर्षs अघि
    • 6.0K Views

    जिल्ला अदालतको फैसलाविरुद्ध उच्च अदालत जाँदै सन्दीप

    काठमाडौं १४ पुस/ काठमाडौं जिल्ला अदालतको फैसलाविरूद्ध क्रिकेटर सन्दीप लामिछानेले उच्च अदालतमा पुनरावेदन गर्ने भएका छन् । बलात्कार मुद्दामा अदालतले शुक्रबार दोषी ठहर गरेपछि फैसलाबाट असन्तुष्ट बनेका सन्दीप उच्च अदालत जाने भएका छन् ।

    images

    सन्दीपका कानून व्यवसायीले पनि फैसला त्रुटिपूर्ण रहेको बताएका छन् । सजाय निर्धारणपश्चात छिटो फैसलाको पूर्णपाठ आउने अपेक्षा रहेको सन्दीपका एक कानुन व्यवसायीले भने ।

    कानुनतः फैसलाको पूर्णपाठ प्राप्त गरेको ७० दिनभित्र सन्दीपले उच्चमा पुनरावेदन गर्न सक्नेछन्। उच्चले फैसला नसुनाएसम्म सन्दीप जेल बस्नु पर्ने छैन ।

    जिल्ला अदालतले गौशाला २६ नाबालिग नरहेको ठहर गरिसकेको अवस्थामा उच्च अदालतबाट जिल्लाको त्रुटीपूर्ण फैसला उल्टिने अपेक्षा गरिएको सन्दीपका कानुन व्यवसायीले बताए ।


    तेस्रो आँखा