• ट्रेण्डिङ्ग :
इंग्लिश प्रिमियर लिग : अहिले भइरहेका खेलमा आर्सनल र टोटनह्यामले लिए अग्रता

इंग्लिश प्रिमियर लिग : अहिले भइरहेका खेलमा आर्सनल र टोटनह्यामले लिए अग्रता


  • 3.4K
    SHARES
    • पौष १५, २०८० आइतबार
    • २ बर्षs अघि
    • 5.2K Views

    इंग्लिश प्रिमियर लिग : अहिले भइरहेका खेलमा आर्सनल र टोटनह्यामले लिए अग्रता

    काठमाडौं। इंग्लिश प्रिमियर लिग फुटबलमा आज २ खेल भइरहेका छन्। इङ्ल्याण्डको क्रेभन कोटेज रंगशालामा नेपाली समयअनुसार आज साँझ पौने ८ बजे शुरु भएको खेलमा फुलह्याम र आर्सनलबीच प्रतिस्पर्धा भइरहेको छ।

    images

    पौने ८ बजे नै शुरु भएको अर्को खेलमा टोटनह्याम र बर्नमाउथबीच प्रतिस्पर्धा भइरहेको छ।

    आर्सनलका बुकायो साकाले खेलको शुरुवातमै गोल गर्दै टोलीलाई १ गोलको अग्रता दिलाएका छन् भने दोस्रो खेलमा टोटनह्यामका लागि पापेले गोल गरेर अग्रता दिलाएका छन्।

    चौथो स्थानमा रहेको आर्सनल आज फुलह्यामलाई हराउँदै लिगको शीर्ष स्थानमा उक्लने योजनामा छ। चौधौँ स्थानमा रहेको फुलह्याम पनि आजको खेल जितेर एक स्थानमाथि उक्लने दाउमा छ। 

    जारी लिगमा ४२ अंकसहित लिभरपुल शीर्ष स्थानमा छ। ४२ अंक नै बटुलेको एस्टनभिल्ला दोस्रो तथा ४० अंक बटुलेको म्यानचेस्टर सिटी तेस्रो स्थानमा छ।

     


    तेस्रो आँखा