• ट्रेण्डिङ्ग :
बर्नमाउथविरुद्ध टोटनहमको सहज जित

बर्नमाउथविरुद्ध टोटनहमको सहज जित


  • 2.8K
    SHARES
    • पौष १६, २०८० सोमबार
    • २ बर्षs अघि
    • 4.4K Views

    बर्नमाउथविरुद्ध टोटनहमको सहज जित

    काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनहम हटस्परले सहज जित हात पारेको छ ।आइतबार राति घरेलु मैदानमा भएको खेलमा टोटनहमले बर्नमाउथविरुद्ध ३–१ को जित हात पारेको हो ।

    images

    खेलको नवौं मिनेटमा पापे सारले गोल गर्दै टोटेनहमलाई अग्रता दिलाएका थिए । ७१ औं मिनेटमा सन हियुङ मिनले गोल गर्दै अग्रता दोब्बर बनाए । ८० औं मिनेटमा रिचार्लिसनले गोल गरेपछि टोटनह्याम ३–० को सहज अवस्थामा रहेको थियो । बर्नमाउथका लागि ८४ औं मिनेटमा एलेक्स स्कटले गोल गरेका थिए ।

    जितसँगै टोटनह्याम ३९ अंकका साथ तालिकाको पाँचौं स्थानमा यथावत छ । भने बर्नमाउथ १९ खेलमा २५ अंक सहित १२औं स्थानमा छ ।


    तेस्रो आँखा