• ट्रेण्डिङ्ग :
पीएम महिला क्रिकेट : फाइनल प्रवेशका लागि आज कोशी र सुदूरपश्चिम भिड्ने

पीएम महिला क्रिकेट : फाइनल प्रवेशका लागि आज कोशी र सुदूरपश्चिम भिड्ने


  • 2.9K
    SHARES
    • पौष १६, २०८० सोमबार
    • २ बर्षs अघि
    • 4.4K Views

    पीएम महिला क्रिकेट : फाइनल प्रवेशका लागि आज कोशी र सुदूरपश्चिम भिड्ने

    काठमाडौं : प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेटमा सोमबार दोस्रो क्वालिफायर खेल हुँदैछ। 

    images

    त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान ११ बजे शुरु हुने खेलमा कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशको महिला टोलीबीच प्रतिस्पर्धा हुनेछ। कोशी पहिलो क्वालिफायर खेलमा एपीएफसँग पराजित भएको थियो। 

    सुदूरपश्चिमले एलिमिनेटर खेलमा बागमती प्रदेशलाई पराजित गरेको थियो। यी दुवै टोली फाइनल प्रवेशका लागि आज जितको लक्ष्यमा छन्। समूह चरणको खेलमा कोशीले सुदूरपश्चिमलाई १४ रनले पराजित गरेको थियो।

    यो खेलमा जित निकाल्ने टोलीले उपाधिका लागि बुधबार एपीएफसँग प्रतिस्पर्धा गर्नेछ।

     


    तेस्रो आँखा