• ट्रेण्डिङ्ग :
मन्त्री र सचिवालय हेरफेर गर्दै प्रधानमन्त्री, प्रचण्डपुत्री गंगा पनि बाहिरिने

मन्त्री र सचिवालय हेरफेर गर्दै प्रधानमन्त्री, प्रचण्डपुत्री गंगा पनि बाहिरिने


  • 2.5K
    SHARES
    • पौष १६, २०८० सोमबार
    • २ बर्षs अघि
    • 3.9K Views

    मन्त्री र सचिवालय हेरफेर गर्दै प्रधानमन्त्री, प्रचण्डपुत्री गंगा पनि बाहिरिने

    काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रीका साथै आफ्ना सचिवालय समेत व्यापक हेरफेरको तयारीमा छन् । मन्त्रिपरिषद् हेरफेरअघि प्रधानमन्त्री प्रचण्डले आफ्नो सचिवालयमा जिम्मेवारी हेरफेर गर्ने बताइएको छ ।

    images

    आगामी ११ माघमा हुने राष्ट्रिय सभाको निर्वाचन र सत्तारूढ नेपाली कांग्रेसको ७ फागुनमा हुने महासमिति बैठकपश्चात मन्त्रिपरिषद्को हेरफेर हुनेछ। प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् हेरफेरका लागि गरेको प्रस्तावमा कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रिय सभा निर्वाचन र पार्टीको महासमिति बैठकपश्चात सहमति गर्ने जनाइसकेका छन् ।

    सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादव मन्त्रिपरिषद् हेरफेरका विषयमा सहमत छन् । मन्त्रिपरिषद् हेरफेर हुँदा केही मन्त्रालयसमेत साटासाट हुने स्रोतको दाबी छ ।

    गृह मन्त्रालय लिएको माओवादी केन्द्रले गृह छोडेर अर्थ मन्त्रालय लिँदै छ भने अर्थ मन्त्रालय लिएको कांग्रेसले गृह मन्त्रालय लिने बताइएको छ। यसमा प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवा दुवैको स्वार्थ मिलेको छ। प्रधानमन्त्री प्रचण्ड आफ्नै पार्टीका वरिष्ठ उपाध्यक्षसमेत रहेका उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हटार आफ्ना विश्वासपात्र बर्षमान पुनलाई सरकारमा भित्र्याउन चाहन्छन्। माओवादी केन्द्रका उपमहासचिव रहेका पुनलाई प्रचण्डले अर्थ मन्त्रालयको कमान्ड दिन खोजेका छन् ।

    उता, कांग्रेस सभापति देउवाले अर्थमन्त्री डा. प्रकाशशरण महतलाई हटाउन खोजेका छन् । तर, उनले गृह मन्त्रालय कांग्रेसले लिएर त्यसमा कसलाई पठाउने भन्नेबारे केही बोलेका छैनन् । गृह मन्त्रालय नपाउँदा आफ्ना कतिपय सेटिङका काम बिग्रेको बुझाइ देउवाको छ। त्यसैले, उनी अर्थ छोडेर गृह पाउनुपर्ने अडानमा छन् ।

    मन्त्रिपरिषद् हेरफेर गर्ने प्रस्ताव प्रधानमन्त्री प्रचण्डले गरेपछि कांग्रेस सभापति देउवाले अर्थ र गृह साट्ने प्रस्ताव गरेको बालुवाटार स्रोतको दाबी छ। देउवाको यस्तो प्रस्तावपछि प्रचण्डले पनि सहज महसुस गरेका छन् । स्रोतका अनुसार मन्त्रालयसमेत साट्ने विषयमा प्रचण्ड र देउवा दुवैको स्वार्थ मिलेको छ ।

    गृहमन्त्री श्रेष्ठका कारण हैरान भएका प्रचण्डलाई कांग्रेसको प्रस्तावले राहत मिलेको बताइएको छ । ठूला–ठूला भ्रष्टाचार काण्डहरूमा गृहमन्त्री श्रेष्ठले प्रधानमन्त्री तथा माओवादी अध्यक्षसमेत रहेका प्रचण्डलाई जानकारी नै नगराई गतिविधि गरेका कारण प्रधानमन्त्री प्रचण्ड कांग्रेसको दबाबमा पर्दै आएका छन् । त्यसमाथि आफूलाई समेत बाइपास गर्दै मनलाग्दी निर्णय गर्दै आएका श्रेष्ठसँग प्रधानमन्त्री रुष्ट पनि छन् ।

    नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रधानमन्त्रीलाई जानकारी नै नगराई गृहमन्त्री श्रेष्ठले कांग्रेस नेता बालकृष्ण खाँणलाई पक्राउ गराएपछि कांग्रेसको तारोमा उनी पर्दै आएका थिए। सत्तारूढ गठबन्धनको मर्मविपरीत गृहमन्त्रीले चाल्दै आएको कदमको मारमा भने प्रधानमन्त्री प्रचण्ड पर्दै आएका छन् ।

    मुलुकमा आर्थिक संकट झनै बढ्दै गएको अवस्थामा अर्थमन्त्री महतले काम गर्न नसकेका कारण उनलाई हटाउनुपर्ने माग उठेको हो । यसै कारण अर्थमन्त्री पनि फेरिने निश्चित भएको हो।

    उता, प्रधानमन्त्री प्रचण्डले मन्त्री हेरफेरअघि नै आफ्नो सचिवालयमा समेत हेरफेर गर्ने भएका छन्। प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार सोमबार सचिवालयका महत्वपूर्ण पदमा पुरानालाई हटाएर नयाँ ल्याउने तयारी भइरहेको छ ।

    सचिवालयको नेतृत्व गरिरहेकी प्रधानमन्त्री प्रचण्डकी छोरीसमेत रहेकी स्वकीय सचिव गंगा दाहाललगायत बाहिरिने बताइएको छ। उनीसँगै सुरुदेखि जनसम्पर्क र प्रेसअन्तर्गत रहेका केहीलाई पनि परिवर्तन गर्न खोजिएको स्रोतले जानकारी दिएको छ ।

    प्रधानमन्त्री प्रचण्डकी छोरी नै सचिवालयको नेतृत्वमा भएका कारण प्रधानमन्त्री प्रचण्डसम्म उनका सल्लाहकार र माओवादीका नेता–कार्यकर्ता पुग्न समस्या परेको चर्को गुनासो छ। यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ।


    तेस्रो आँखा