• ट्रेण्डिङ्ग :
आमाको हत्या आरोपमा छोरा पक्राउ

आमाको हत्या आरोपमा छोरा पक्राउ


  • 4.1K
    SHARES
    • पौष १६, २०८० सोमबार
    • २ बर्षs अघि
    • 6.2K Views

    आमाको हत्या आरोपमा छोरा पक्राउ

    दोलखा १६ पुस/ आफ्नै आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् । पक्राउ पर्नेमा कालिञ्चोक गाउँपालिका-३ करमथलीका अन्दाजी ३५ वर्षीय दीपक बुढाथोकी रहेका छन्  ।

    images

    बुढाथोकी गत मंगलबार ७८ वर्षीया आमा कृष्णमाया बुढाथोकीलाई कुटपिट गरी बुधबार विदेश जान्छु भन्दै ४० हजार रुपैयाँ नगद लिएर घरबाट निस्केका थिए ।

    उनलाई जिल्ला प्रहरी कार्यालयले सोमबार सदरमुकाम चरिकोटको बसपार्कस्थित झापाको काँकडभिट्टाबाट चरिकोट आउँदै गरेको बसबाट सोमबार नियन्त्रणमा लिएको दोलखाका प्रहरी निरीक्षक जीवन श्रेष्ठले जानकारी दिए। उनका अनुसार बुढाथोकीले आमालाई घरायसी विवादका कारण मादक पदार्थ सेवन गरी कुटपिट गर्दा गत शुक्रबार आमाको मृत्यु भएको थियो ।


    तेस्रो आँखा