• ट्रेण्डिङ्ग :
प्रभास अभिनित ‘सालार’ ले ६ सय करोड कमायो

प्रभास अभिनित ‘सालार’ ले ६ सय करोड कमायो


  • 3.8K
    SHARES
    • पौष १७, २०८० मंगलबार
    • २ बर्षs अघि
    • 5.9K Views

    प्रभास अभिनित ‘सालार’ ले ६ सय करोड कमायो

    प्रभासको फिल्म ‘सालार’ ले बक्स अफिसमा सुरुदेखि नै धुम मच्चाइरहेको छ । गत डिसेम्बर २२ मा रिलिज भएको यो चलचित्रले दर्शकको अत्याधिक माया पाइरहेको छ । ‘सालार’ले अहिलेसम्म कै धेरै रेकर्डहरु बनाएर यो वर्षको सबैभन्दा ठूलो ओपनिङ फिल्म बनेको छ।

    images

    ‘सालार’ ले भारतमा मात्र नभई विश्वभर नै तरंग मच्चाइरहेको छ । अहिले ‘सालार’ को विश्वव्यापी कमाइ ६०० करोड नाघेको छ ।

    विश्वव्यापी रूपमा ६०० करोड कमायो

    ‘सलार’ को अफिसियल एक्स ह्यान्डलमा फिल्मले ६०० करोड भारु कमाएको निर्माण पक्षले जानकारी दिएको छ । उनले यो फिल्मले विश्वभर ६२५ करोड कमाएको बताए ।

    निर्माताले क्याप्सनमा लेखेका छन्, ‘मलाई माफ गरिदेऊ खानसार ! अजेय, सालारले विश्वव्यापी रूपमा ६२५ करोड कमाएको छ।' फिल्मले भारतीय बक्स अफिसमा भने ३४४.६७ करोड मात्र कमाएको छ ।

    ‘सालार’ लाई ‘केजीएफ’ जस्ता सुपरहिट फ्रेन्चाइजी फिल्म दर्शकसामु प्रस्तुत गरेका प्रशान्त नीलले निर्देशन गरेका हुन् ।


    तेस्रो आँखा