तुलसीपुर १७ पुस/ तुलसीपुरकी एक महिला चार दिनदेखि सम्पर्क विहिन भएकी छिन् । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ निवासी बिष्णु शर्माको श्रीमती २० वर्षिया वर्षा भण्डारी चार दिनदेखि सम्पर्क विहिन भएकी हुन् ।
गत शनिबार बिहान मन्दीर जाने भनेर निस्किएकी उनी अहिलेसम्म सम्पर्कमा नआएको परिवारले बताएको छ । भण्डारी सम्पर्क विहिन भएपछि उनको खोजिगरिदिन परिवारले अपलि गरेको छ । भण्डारीलाई भेटाउनुहुने महानुभावले मोबाईल नम्बर ९८४५५७०९१५ मा खबर गरिदिन परिवारले अनुरोध गरेका छन् ।
