• ट्रेण्डिङ्ग :
रास्वपा सभापति लामिछानेद्वारा कान्तिपुर पब्लिकेसनविरुद्ध मुद्धा दायर

रास्वपा सभापति लामिछानेद्वारा कान्तिपुर पब्लिकेसनविरुद्ध मुद्धा दायर


  • 2.6K
    SHARES
    • पौष १७, २०८० मंगलबार
    • २ बर्षs अघि
    • 4.0K Views

    रास्वपा सभापति लामिछानेद्वारा कान्तिपुर पब्लिकेसनविरुद्ध मुद्धा दायर

    काठमाडौं १७ पुस/ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कान्तिपुर पब्लिकेसनविरुद्ध काठमाडौँ जिल्ला अदालतमा गाली बेइज्जतीसम्बन्धी मुद्दा दायर गर्नुभएको छ ।

    images

    कान्तिपुरका प्रकाशक कैलाश सिरोहिया, प्रबन्ध निर्देशक सम्भव सिरोहिया, कान्तिपुर दैनिकका प्रधान सम्पादक उमेश चौहानलगायतलाई प्रतिवादी बनाइएको फिरादपत्रमा आफ्नो चरित्र हत्या गर्ने समाचार लेखेको उल्लेख छ । उक्त विवादको आगामी माघ १७ गते सुनुवाइ ताकिएको काठमाडौँ जिल्ला अदालतका सूचना अधिकारी चन्द्रप्रसादले पन्थीले जानकारी दिनुभयो ।

    अध्यक्ष लामिछानेले फिरादपत्रमा आफ्नो इज्जत, प्रतिष्ठा, राजनीतिक जीवनमा समेत गम्भीर असर पुर्‍याउने मनसायले जानीबुझी चरित्र हत्या गर्ने गरी समाचार प्रकाशित गरेको उल्लेख गर्नुभएको छ । उत्तः समाचारबाट आफू र आफ्नो परिवारको इज्जत प्रतिष्ठा र राजनीतिमा समेत हानिनोक्सानी भएकाले प्रतिवादीबाट कानुनअनुसार सांङेकेतिकरुपमा रु एक सय ५१ क्षतिपूर्ति दिलाउन माग गरिएको छ ।

    416068643_3552020275010119_6110921851031861765_n-768x820.jpg


    तेस्रो आँखा