• ट्रेण्डिङ्ग :
मिलान कोपा इटालियाको क्वार्टरफाइनलमा

मिलान कोपा इटालियाको क्वार्टरफाइनलमा


  • 2.8K
    SHARES
    • पौष १८, २०८० बुधबार
    • २ बर्षs अघि
    • 4.3K Views

    मिलान कोपा इटालियाको क्वार्टरफाइनलमा

    काठमाडौं । काइयरीविरुद्ध ४–१ को सहज जित निकाल्दै एसी मिलान कोपा इटालियाको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति घरेलु मैदान सान सिरोमा सम्पन्न खेलमा मिलानलाई जित दिलाउन लुका जोभिचले दुई गोल गर्दा ट्राउरे र रफाइल लियोले समान एक गोल गरे । काइयरीका डेन्टेलो अज्जीले गोल फर्काएका थिए । 

    images

    खेलको २९औं मिनेटमा जोभिचले गोल गर्दै मिलानलाई अग्रता दिलाएका थिए । ४२औं मिनेटमा जोभिचले नै गोल गर्दै घरेलु टिमको अग्रता दोब्बर पारे । ५०औं मिनेटमा ट्राउरेले गोल गर्दै मिलानको अग्रतालाई ३–० मा पुर्याएका थिए । खेलको निर्धारित समय सकिन तीन मिनेट बाँकी रहँदा अज्जीले गोल फर्काएपछि काइयरीले मिलानको अग्रतालाई ३–१ मा झारेको थियो । 

    इन्जुरी समयमा रफायल लियोले गोल गरेपछि सान सिरोमा ५७ हजार १६९ समर्थकमाझ मिलानले ४–१ जित सुनिश्चित गर्यो । 


    तेस्रो आँखा