• ट्रेण्डिङ्ग :
राष्ट्रिय सभा सदस्यको भागबन्डा गर्न आज पनि कांग्रेस-माओवादी छलफलमा

राष्ट्रिय सभा सदस्यको भागबन्डा गर्न आज पनि कांग्रेस-माओवादी छलफलमा


  • 2.9K
    SHARES
    • पौष १८, २०८० बुधबार
    • २ बर्षs अघि
    • 4.5K Views

    राष्ट्रिय सभा सदस्यको भागबन्डा गर्न आज पनि कांग्रेस-माओवादी छलफलमा

    काठमाडौं । राष्ट्रिय सभा सदस्यको भागबन्डाका लागि नेपाली कांग्रेस र माओवादीले आज पनि छलफल गरेका छन् ।

    images

    प्रधानमन्त्री निवास बालुवाटारमा दुईपक्षीय छलफल भइरहेको छ । मंगलबार पनि दुई दलका शीर्ष नेताहरूबीच छलफल भएको थियो ।

    यसअघिको छलफलमा भागबन्डाको टुंगो नलागेपछि नेताहरू आज पनि छलफलमा जुटेका हुन् । आजको बैठकमा पनि शीर्ष नेताहरू सहभागी छन् ।

    निर्वाचन आयोगले २३ पुसका लागि उम्मेदवारी दर्ता तोकेको छ । मतदान भने ११ माघमा हुनेछ ।

    १९ सिटका लागि निर्वाचन हुन लागेको हो । हालको गठबन्धन अनुसार चुनाव भएको खण्डमा १९ सिटमा एमाले शून्य हुनसक्ने अवस्था छ ।

    यसपछि ५९ सदस्यीय राष्ट्रियसभामा एमाले ९ सांसदमा खुम्चिन्छ ।


    तेस्रो आँखा