• ट्रेण्डिङ्ग :
अप्टिमिष्टको अभियान , असल बिद्यार्थी निर्माण   

अप्टिमिष्टको अभियान , असल बिद्यार्थी निर्माण   


  • 4.1K
    SHARES
    • पौष १८, २०८० बुधबार
    • २ बर्षs अघि
    • 6.3K Views

    अप्टिमिष्टको अभियान , असल बिद्यार्थी निर्माण   

    दाङ, १८ पुस / दाङको तुलसीपुरमा क्रियासिल सामाजिक सस्था अप्टिमिष्ट क्लबहरुले असल बिद्यार्थी निर्माण गर्ने अभियान सुरु गरेका छन् । तुलसीपुरमा रहेका अप्टिमिष्ट क्लव अफ दाङ र अप्टिमिष्ट क्लव अफ तुलसीपुरले अभियान सुरु गरेका हुन् । 

    images

    दुबै क्लवले बबई गाउँपालिका वडा नम्बर ७ चरकमटियामा रहेको सरस्वती माबिका बिद्यार्थीलाई एक दिने असल बिद्यार्थी बन्ने कला सम्बन्धी अभिमुखीकरण गरेर अभियान सुरु गरेका हुन् । अप्टिमिष्ट क्लव अफ दाङका अध्यक्ष डिआर भण्डारीले प्रशिक्षण दिनुभएको थियो । 

    कार्यक्रममा सरस्वती माबि चरकमटियाका बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष प्रेमबहादुर राम्जा, प्रधानाध्यापक सिट्टीसाप बिष्ट, अप्टिमिष्ट क्लव अफ तुलसीपुरका सस्थापक अध्यक्ष एवं अप्टिमिष्ट क्लव नेपालका लेफ्टीनेन्ट गभर्नर मानबहादुर बस्नेतले बोल्नुभएको थियो । बिद्यालयस्तरबाट असल नागरिक निर्माण गर्नका लागि असल बिद्यार्थी बन्ने अभिमुखीकरण कार्यक्रम सुरु गरिएको अप्टिमिष्ट क्लव अफ तुलसीपुरका महासचिब बिष्णु योगीले जानकारी दिनुभयो । 

    अप्टिमिष्ट क्लव अफ तुलसीपुरका अध्यक्ष कमल सापकोटाको अध्यक्षतामा कार्यक्रम उद्घाटन गरिएको थियो । कार्यक्रममा बिद्यालय ब्यबस्थापन समितिका पदाधिकारी, शिक्षक अभिभावक संघ, सस्थापक अध्यक्ष, बिद्यालयका शिक्षक तथा कर्मचारी, बिद्यार्थीहरुको सहभागीता रहेको थियो । 
     


    तेस्रो आँखा