• ट्रेण्डिङ्ग :
सत्ता गठबन्धन र ओलीबीचको बैठक सकियो

सत्ता गठबन्धन र ओलीबीचको बैठक सकियो


  • 3.1K
    SHARES
    • पौष १८, २०८० बुधबार
    • २ बर्षs अघि
    • 4.8K Views

    सत्ता गठबन्धन र ओलीबीचको बैठक सकियो

    काठमाडौं १८ पुस/ सत्ता गठबन्धन र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको बैठक सकिएको छ । गठबन्धनमा आबद्ध दलका नेताहरुसँगको बैठकमा सहभागी हुन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका थिए ।

    images

    सत्ता गठबन्धनमा आबद्ध दलका नेताहरुको बैठकपछि प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच फेरि ‘वान टू वान’ वार्ता भएको छ । गठबन्धनको बैठक सकिनेबित्तिकै ओली बालुवाटार पुगेका हुन् । राष्ट्रिय सभामा भागबन्डा मिलाउने विषयमा सहमति खोज्न ओली बालुवाटार गएका हुन् ।

    हिजो र आज बसेको कांग्रेस र माओवादीबीचको छलफलमा राष्ट्रिसयभामा एमालेलाई पनि समेट्नेबारे छलफल भएको छ । एमालेसँगको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालसहित कांग्रेस सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा, नेकपा एसका अध्यक्ष माधव नेपाललगायत गठबन्धन दलका शीर्ष नेताहरु सहभागी थिए।

     


    तेस्रो आँखा