• ट्रेण्डिङ्ग :
फागुन २० मा राष्ट्रिय सभा सदस्यबाट को–को विदा हुँदैछन् ?

फागुन २० मा राष्ट्रिय सभा सदस्यबाट को–को विदा हुँदैछन् ?


  • 5.6K
    SHARES
    • पौष २०, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 8.6K Views

    फागुन २० मा राष्ट्रिय सभा सदस्यबाट को–को विदा हुँदैछन् ?

    काठमाडौं २० पुस । निर्वाचन आयोगले राष्ट्रिय सभाका विदा हुने २० जना सांसदका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ। आयोगका अनुसार आज उम्मेदवारको मनोनयन दर्ता हुँदै छ। 

    images

    राष्ट्रिय सभाको निर्वाचनका लागि १२ दलले दलदर्ता गरेका छन्। विशेषगरी नेकपा एमाले र गठबन्धनबीच बढी प्रतिस्पर्धा हुने देखिन्छ। प्रतिस्पर्दाबाट को आउँछन त्यो त निर्वाचनको परिणामले छिनोफानो गर्ने छ। 

    यहाँ हामी यही फागुन २० गते राष्ट्रिय सभाबाट विदा हुने २० जना उम्मेदवारहरु को–को हुन भन्ने बारे छलफल गर्दै छौं। विदा हुने सांसदहरुमा पनि नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीका सांसदहरु रहेका छन्। सत्ता गठबन्धनमा भएका कारण राष्ट्रिय जनमोर्चाले एक सिट र जनता समाजवादी पार्टीले दुई सिट जित्ने अवसर प्राप्त गरेको छ। 

    फागुन २० गते प्रदेश १ बाट नेकपा एमालेका अगमप्रसाद बान्तवा राई, नैनकला ओझा, परशुराम मेघी गुरुङ बिदा हुँदै छन्। यस्तै प्रदेश २ बाट एमालेकै सुमनराज प्याकुरेल र नेकपा माओवादी केन्द्रकी शशिकला दाहाल विदा हुने लिष्टमा परेका हुन्। 

    बागमती प्रदेशमा नेपाली कांग्रैसका राधेश्याम अधिकारी  र नेकपा एकीकृत समाजवादीका उदया शर्मा पौडेल राष्ट्रिय सभाबाट विदा हुने छन् भने गण्डकी प्रदेशबाट माओवादी केन्द्रका दीनानाथ शर्मा र खिमकुमार विकका साथै नेकपा एकीकृत समाजवादीका शान्ति जिसीले विदा लिने छन्। 

    लुम्बिनी प्रदेशबाट नेकपा एमालेकी नेतृ कोमल वली र  नेता रामलखन चमारले राष्ट्रिय सभाबाट विदा लिने छन् भने कांग्रेसका दृगनारायण पाण्डेले विदा लिने छन्। 

    कर्णाली प्रदेशबाट नेकपा एमालेकी कविता बोगटी, नेकपा माओवादी केन्द्रका जीवन बुढा, र नेकपा एकीकृत समाजवादीका ठगेन्द्रप्रकाश पुरीले राष्ट्रियसभाको सदस्यबाट विदा लिनेछन् भने सुदूरपश्चिम प्रदेशबाट नेकपा एमालेका चक्रप्रसाद स्नेही, नेपाली कांग्रेसकी तारादेवी भट्ट, र नेकपा एकीकृत समाजवादीका शेरबहादुर कुँवरले विदा लिने छन्। मनोनित तर्फका  रामनारायण बिडारीले पनि राष्ट्रिय सभाको सदस्यबाट विदा लिने भएका छन्। 

     

     


    तेस्रो आँखा