दाङ, १८ पुस । दाङमा बिहेको पात टिपेर फर्किदै गरेको ट्रयाक्टर गढवा गाउँपालिका वडा नम्बर ५ चिसापानीमा दुर्घटना हुँदा २८ जना घाइते भएका छन्।
बुधबार साँझ करिव ५ बजेर १५ मिनेटमा लु २ त ५१६४ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा २८ जना घाइते भएको ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक नविन वलीले जानकारी दिए ।
घाइते हुनेहरु सबै गढवा गाउँपालिका वडा नम्बर ४ पर्साका रहेको प्रहरीले बताएको छ। जानकारी पाउन साथ दुर्घटना स्थलमा पुगी उद्दार गरी २८ जनालाई उपचारकाका लागि लमही अस्पतालमा पठाइएको थियो।
गढवा गाउँपालिका र लमही नगरपालिकाको ६ वटा एम्बुलेन्स प्रयोग गरी घाइतेहरुलाई अस्पताल पुर्याइएको गढवा गाउँपालिका वडा नम्बर ४ का वडा सदस्य टुकमान कवंरले जानकारी दिए ।
गाडी चालक गढवा गाउँपालिका वडा नम्बर ४ पर्सा बस्ने अन्दाजी ३४ बर्षिय आशाराम चौधरीलाई प्रहरीले स्वास्थ्य चेकजाँच गरी आफ्नो नियन्त्रणमा लिने जनाएको छ ।
