• ट्रेण्डिङ्ग :
वार्षिकोत्सवको अवसरमा सुबिसुले भूकम्प पीडितलाई बाँड्यो सोलार बत्ती

वार्षिकोत्सवको अवसरमा सुबिसुले भूकम्प पीडितलाई बाँड्यो सोलार बत्ती


  • 4.0K
    SHARES
    • पौष १८, २०८० बुधबार
    • २ बर्षs अघि
    • 6.1K Views

    वार्षिकोत्सवको अवसरमा सुबिसुले भूकम्प पीडितलाई बाँड्यो सोलार बत्ती

    काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी सुबिसुले आफ्नो २३औँ वार्षिकोत्सवको अवसरमा भूकम्प पीडितलाई सहयोग गरेको छ । कम्पनीले गत १७ कार्तिकमा गएको ६.४ म्याग्निच्युटको भूकम्पबाट प्रभावित २०० परिवारलाई ब्याकअपसहितका सोलार बत्ती वितरण गरेको हो ।

    images

    भूकम्पपछि पीडितले भोग्नुपरेका समस्यालाई सम्बोधन गर्ने गरी सोलार बत्ती डिजाइन गरिएको कम्पनीले जनाएको छ ।  

    वितरण गरिएका सोलार बत्तीले रातको समयमा विद्यार्थीलाई अध्ययन गर्न उज्यालो दिने र मोबाइल फोन एवं अन्य विद्युतीय उपकरण समेत चार्ज गर्न सकिने कम्पनीले बताएको छ ।

    कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विनयमोहन साउदसहित सुबिसुको आठ सदस्यीय टोलीले जाजरकोट पुगेको सोलार बत्ती वितरण गरेको हो ।

    जाजरकोटको नलगाडस्थित स्थानीय इन्द्रधनुष प्राथमिक विद्यालयमा सुबिसुले उक्त राहत वितरण कार्यक्रम आयोजना गरेको बताएको छ ।


    तेस्रो आँखा