काठमाडौं, २० पुस । सत्तारुढ गठबन्धनबाट राष्ट्रियसभामा दुई सिटको उम्मेदवारी पाएको जनता समाजवादी पार्टीले उम्मेदवारको टुङ्गो लगाएको छ। आज मनोनयन गर्नका लागि जसपाबाट हेमराज राई र मोहमद खालिद सिद्दिकीको नाम सिफारिस गरेको छ।
प्रदेश १ को अल्पसंख्यक समूहबाट भोजपुरका राई र प्रदेश २ को खुलातर्फ सिरहाका सिद्दीकीलाई उम्मेदवार बनाउने निर्णय भएको जसपाले जनाएको छ।
राष्ट्रियसभाको १९ सदस्यका लागि १२ माघमा निर्वाचन हुँदै छ।
