• ट्रेण्डिङ्ग :
चारवटा प्रदेशमा आंशिक बदली, कोसी र गण्डकीमा हिमपातको सम्भावना

चारवटा प्रदेशमा आंशिक बदली, कोसी र गण्डकीमा हिमपातको सम्भावना


  • 1.9K
    SHARES
    • पौष १९, २०८० बिहीबार
    • २ बर्षs अघि
    • 2.9K Views

    चारवटा प्रदेशमा आंशिक बदली, कोसी र गण्डकीमा हिमपातको सम्भावना

    काठमाडौं । देशका केही भू–भागमा आज हिमपातको सम्भावना रहेको छ । हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना रहेको हो । 

    images

    जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा छ । 

    विभागका अनुसार दिउँसो कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

    कोसी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

    विभागले राति कोसी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने बताएको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

    कोसी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

     


    तेस्रो आँखा