• ट्रेण्डिङ्ग :
दृष्टिविहीनलाई घोराही बनाओैं अभियानद्वारा खाद्यान्न

दृष्टिविहीनलाई घोराही बनाओैं अभियानद्वारा खाद्यान्न


  • 11.6K
    SHARES
    • पौष १९, २०८० बिहीबार
    • २ बर्षs अघि
    • 17.9K Views

    दृष्टिविहीनलाई घोराही बनाओैं अभियानद्वारा खाद्यान्न

    घोराही, १९ पुस । घोराही बनाओैं अभियानले दृष्टिविहीन परिवारलाई खाद्यान्न सहयोग गरेको छ ।

    images

    तनहुँ जिल्ला घर भई हाल घोराही उपमहानगरपालिका वडा नं ४ बस्ने दृष्टिविहीन सपना खड्कालाई एक बोरा चामल र फलफूल सहयोग गरेको हो । श्रीमान भरत कार्की दुर्घटनामा घाइते भएको र उनको उपचारका लागि आफूले बजारमा गीत गाउँदै आर्थिक जोहो गरिरहेको सपनाले जानकारी दिइन् ।

    घोराही बनाओैं अभियानका संयोजक सविन प्रियासन र महासचिव पाण्डव शर्माले चामल र फलफूल हस्तान्तरण गरेका हुन् । अभियानसँग कुनै आर्थिक स्रोत नभएकाले व्यक्तिगतरुपमा सहयोग गरिएको संयोजक सविन प्रियासनले जानकारी दिए । 

    अभियानका महासचिव पाण्डव शर्माले अभियानको उद्देश्य सबैमा सामाजिक भावनाको उत्प्रेरणा जगाउने भएको बताए ।