• ट्रेण्डिङ्ग :
व्यापारी धम्क्याउँदै रकम माग्ने श्रीभगवान पक्राउ

व्यापारी धम्क्याउँदै रकम माग्ने श्रीभगवान पक्राउ


  • 4.1K
    SHARES
    • पौष १९, २०८० बिहीबार
    • २ बर्षs अघि
    • 6.2K Views

    व्यापारी धम्क्याउँदै रकम माग्ने श्रीभगवान पक्राउ

    रौतहट । रौतहटका व्यापारीलाई पटकपटक फोनबाट धम्क्याएर रकम माग्ने श्रीभगवान साह कलवार पक्राउ परेका छन्।

    images

    जिल्ला प्रहरी कार्यालय रौतहटमा बिहीवार अभियुक्त सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले व्यापारी धम्क्याउने फतुवा विजयपुर नगरपालिका–८ का कलवारलाई पक्राउ गरेको जानकारी दिए।

    पक्राउ परेका कलवारमाथि आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसुरअन्तर्गत मुद्दा दर्ता गरी जिल्ला अदालत गौरबाट म्याद थपेर कारबाही प्रक्रियाअगाडि बढाइएको प्रहरी उपरीक्षक श्रेष्ठले बताए।  

    पक्राउ परेका ३४ वर्षीय कलवारले एनसेलको ९८०१५७७५१० नम्बरबाट व्यापारीलाई गत पुस १० गतेदेखि १८ गतेसम्म पटकपटक फोन गरेर उनलाई र उनका छोराछोरीको ज्यान मार्ने धम्की दिँदै ५ लाखदेखि ५० लाखसम्म रुपैयाँ मागेको उपरीक्षक श्रेष्ठले जानकारी दिए।  

    घटनाबारे पीडितले प्रहरीलाई खबर गरेपछि अनुसन्धान गरेर उक्त नम्बरको मोबाइल प्रयोगकर्ता अभियुक्त कलवारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक (डिएसपी) एलिजा गिरीले बताइन्। पीडित व्यापारीको नाम खुलाउँदा उनको सुरक्षामा असर पर्नसक्ने भएकाले गोप्य राखिएको उनले बताइन्।


    तेस्रो आँखा