• ट्रेण्डिङ्ग :
प्रधानमन्त्री देउवा तीन दिने भारत भ्रमणमा जाने, मोदीसँग गुजरातमै भेट्ने

प्रधानमन्त्री देउवा तीन दिने भारत भ्रमणमा जाने, मोदीसँग गुजरातमै भेट्ने


  • 6.8K
    SHARES
    • पौष २०, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 10.4K Views

    प्रधानमन्त्री देउवा तीन दिने भारत भ्रमणमा जाने, मोदीसँग गुजरातमै भेट्ने

    काठमाडौं, २० पुस । प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने भारत भ्रमणमा जाने तय  भएको छ । प्रधानमन्त्री देउवा २५ पुसमा नयाँ दिल्ली जाने छन्। प्रधानमन्त्री देउवाले २६ पुसमा गुजरातको अहमदाबादमा आयोजना हुने ‘भाइब्रेन्ट गुजरात’ सम्मेलनलाई सम्बोधन गर्ने भएका छन् । सम्मेलनमा सहभागी हुनकै लागि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले देउवालाई निम्तो दिएका हुन् । 

    images

    नेपाल र भारतका परराष्ट्र मन्त्रालयले यही साता देउवाको भारत भ्रमणको मिति र कार्यक्रम एकैसाथ सार्वजनिक गर्ने तयारी गरेका छन् । प्रधानमन्त्री देउवाका सबै भेटवार्ता गुजरातमै हुने तय भएको छ । भारतीय प्रधानमन्त्री मोदी गुजरातमै हुने भएकाले नयाँ दिल्लीमा यसपटक भेटवार्ता नहुने प्रधानमन्त्री देउवाको निजी सचिवालयले जनाएको छ ।  

    प्रधानमन्त्री २५ पुसमा नयाँ दिल्ली ट्रान्जिट भएर अपराह्न गुजरात पुग्नेछन् । भारतीय समकक्षी मोदीले विदेशी राष्ट्रप्रमुख, सरकारप्रमुख एवं प्रतिनिधिमण्डलका लागि आयोजना गर्ने स्वागत समारोहमा देउवा सहभागी हुनेछन् । उनीसहित आधा दर्जन सरकार–राष्ट्रप्रमुख गुजरात सम्मेलनमा सहभागी हुने कार्यक्रम छ । 

    प्रधानमन्त्री देउवाले भ्रमणको दोस्रो दिन २६ पुसमा भाइब्रेन्ट गुजरात सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने कार्यक्रम छ । त्यही दिन उनले भारतीय समकक्षी मोदीसँग द्विपक्षीय औपचारिक वार्ता गर्नेछन् । 

    प्रधानमन्त्री देउवा सानो आकारको प्रतिनिधिमण्डलसहित भारत जाने गरी तयारीमा लागेका छन् । देउवाले भारतसँग सीमा समस्या समाधान, विगतमा भएका सम्झौताहरूको कार्यान्वयन, कोभिड( १९ पछि आर्थिक पुनःस्थापनामा भारतको सहयोग तथा नेपालमा भारतीय लगानीको बढोत्तरी, ऊर्जा, डुबानलगायतका समस्याबारे छलफल गर्ने गरी एजेन्डा तयार पारिएको छ ।
     

  • सम्बन्धित विषय:

  • # प्रधानमन्त्री शेरबहादुर देउवा

  • तेस्रो आँखा