काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री एस जयशंकर र मधेसकेन्द्रित तीन दलका शीर्ष नेताबीच भेटवार्ता भएको छ ।
आज भएको भेटमा उनीहरूबीच द्विपक्षीय आपसी हितका विविध सम्बन्धमा अन्तरक्रिया भएको भारतीय दूतावासले जनाएको छ ।
भेटमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत सहभागी थिए ।
यसअघि भारतीय विदेशमन्त्री जयशंकरले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गरेका थिए ।
