• ट्रेण्डिङ्ग :
माधव नेपाल र भारतका विदेशमन्त्रीबीच भेट

माधव नेपाल र भारतका विदेशमन्त्रीबीच भेट


  • 4.6K
    SHARES
    • पौष १९, २०८० बिहीबार
    • २ बर्षs अघि
    • 7.0K Views

    माधव नेपाल र भारतका विदेशमन्त्रीबीच भेट

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र भारतका विदेशमन्त्री सुव्रमन्यम जयशंकरबीच भेटवार्ता भएको छ ।

    images

    भेटमा द्विपक्षीय हितका विविध विषयमा छलफल भएको अध्यक्ष नेपालले सामाजिक सञ्जालबाट जनाएका छन् ।

    नेपालको विकासका समस्या समाधानका लागि सहकार्यका सम्भावित क्षेत्र एवं द्विपक्षीय हितका विविध विषयमा कुराकानी भएको उनको भनाइ छ ।

    भारतका विदेशमन्त्री नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा भाग लिन आज काठमाडौँ आएका हुन् ।


    तेस्रो आँखा