• ट्रेण्डिङ्ग :
तेस्रो आँखाकर्मी अञ्जना चौधरी सम्मानित

तेस्रो आँखाकर्मी अञ्जना चौधरी सम्मानित


  • 21.8K
    SHARES
    • पौष २०, २०८० शुक्रबार
    • २ बर्षs अघि
    • 33.6K Views

    तेस्रो आँखाकर्मी अञ्जना चौधरी सम्मानित

    दाङ, २० पुस । तेस्रो आँखा अनलाइनकी सहसम्पादक अञ्जना चौधरी सम्मानित भएकी छिन् । 

    images

    थारु कल्याणकारिणी सभा दाङ देउखरले आयोजना गरेको माघ साँस्कृतिक महोत्सव २०८० मा चौधरी सम्मानित भएकी हुन् । थारु समुदायको आर्थिक जागरण, साँस्कृतिक रुपान्तरण र सामाजिक उत्थानमा पत्रकारिता मार्फत योगदान पुर्याएको भन्दै उनलाई सम्मान गरिएको थियो । 

    411188673_1575582946559433_3145612993997539576_n.jpg

    पत्रकार अञ्जनाले पछिल्लो समय थारु भाषा, कला, संस्कृतिको विषयमा कलम चलाउँदै आएकी छिन् । साथै कार्यक्रममा पत्रकार सविन प्रियासन चौधरी, सन्तोष दहित, छवी पुरीलगायत थारु समुदायमा विशिष्ट योगदान पुर्याउने कलाकार, समाजसेवी, थारु अगुवा, महटावा र कृषकलाई सम्मान गरिएको थियो ।

    माघ महोत्सव भोलिसम्म चल्नेछ ।

  • सम्बन्धित विषय:

  • # अञ्जना चौधरी
  • # सम्मानित

  • तेस्रो आँखा