• ट्रेण्डिङ्ग :
नेपालको टी-२० विश्वकप तयारीमा भारतले सघाउने जयशंकरको वचन

नेपालको टी-२० विश्वकप तयारीमा भारतले सघाउने जयशंकरको वचन


  • 2.4K
    SHARES
    • पौष २०, २०८० शुक्रबार
    • २ बर्षs अघि
    • 3.6K Views

    नेपालको टी-२० विश्वकप तयारीमा भारतले सघाउने जयशंकरको वचन

    काठमाडौँ । आगामी २०८१ जेठ २२ गतेदेखि असार १६ गतेसम्म (जुन ४ देखि ३० तारिख) अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकप खेल्ने तयारीमा रहेको नेपाललाई प्रतियोगिताको तयारीको लागि भारतले सघाउने भएको छ।

    images

    नेपाल भ्रमणमा आएका भारतीय विदेशमन्त्री एस. जयशंकरले नेपाली क्रिकेट टोलीसँग भेट गर्दै विश्वकपमा छनोट भएकोमा बधाई दिनुका साथै विश्वकप तयारीका लागि सघाउने वचन दिएका हुन्।

    आज (शुक्रवार) स्वदेश फर्किएका जयशंकरले सामाजिक सञ्जाल ट्विटरमा विश्वकपको तयारीका लागि भारतको सहयोग रहने विश्वास दिलाउनुका साथै नेपालमा क्रिकेटको विकासका लागि पनि सहयोग गर्ने उल्लेख गरेका छन्।

    नेपाल भ्रमणका क्रममा जयशंकरले बिहीवार साँझ नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्कासहितका पदाधिकारी र कप्तान रोहित पौडेललगायत खेलाडीहरूसँग भेटेका थिए।

    नेपाल ८ वर्षपछि टी-२० विश्वकपमा खेल्न लागेको हो। क्यान र क्यानका सचिव पारस खड्काले पनि ट्विटरमा क्रिकेट विकासमा जयशंकरसँग छलफल भएको जनाएका छन्।


    तेस्रो आँखा