• ट्रेण्डिङ्ग :
चौथो राष्ट्रिय वादोरियो कराते हुने

चौथो राष्ट्रिय वादोरियो कराते हुने


  • 2.5K
    SHARES
    • पौष २०, २०८० शुक्रबार
    • २ बर्षs अघि
    • 3.9K Views

    चौथो राष्ट्रिय वादोरियो कराते हुने

    काठमाडौं । नेपाल वादोरियो कराते डो संघको आयोजनामा यही पुस २७ र २८ गते चौथो राष्ट्रिय वादोरियो कराते प्रतियोगिता हुने भएको छ ।

    images

    विश्व कराते महासंघको चार मुख्य विधा मध्येको एक रहेको वादोरियो कराते प्रतियोगिताको चौथो संस्करणमा पुरुष र महिलामा एकल र कातासहित समान ६/६ वटा स्पर्धामा प्रतिस्पर्धा हुने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष हरिशरण केसीले बताए ।

    पुरुषतर्फ ५० केजी, ५५ केजी, ६० केजी, ६५ केजी, खुल्ला तौल समुह र एकल काता इभेन्ट्स छन् । त्यस्तै, महिलातर्फ ४५ केजी, ५० केजी, ५५ केजी, ६० केजी, खुल्ला तौल र एकल काता छन् ।

    प्रतियोगितामा सात प्रदेशको सहभागिता रहने छ । प्रत्येक प्रदेशबाट हरेक तौलमा छानिएका एकजना खेलाडी मात्र सहभागी हुनेछन् । जसअनुसार एक प्रदेशबाट एक तौलसमूहमा समान ६–६ पुरुष/महिला गरी १२ खेलाडी सहभागी हुनेछन् । त्यसबाहेक एकजना प्रशिक्षक, एकजना व्यवस्थापक र रेफ्री छन् ।

    प्रतियोगितामा पदक जित्ने खेलाडी, टिम च्याम्पियन प्रथम, द्वितीय, तृतीय, बेष्ट फाइटर पुरुष र महिला सबैलाई नगद पुरस्कारको ब्यवस्था गरेको संघका कोषाध्यक्ष पुरुषोत्तम पोखरेलले बताए ।

    प्रतियोगितामा सहभागी हुने सातवटै प्रदेशका खेलाडीको छनोट सम्पन्न भइसकेको छ । प्रतियोगिता सञ्चालन गर्न करिब १७ लाख रुपैयाँ खर्च हुने बताइएको छ । आयोजकका अनुसार सहभागी खेलाडीको बिमा पनि गरिएको छ ।

    दुईदिने प्रतियोगिताका खेलहरू बसुन्धरास्थित यती पार्टी प्यालेसमा हुनेछ । पत्रकार सम्मेलनमा संघका उपाध्यक्ष पुरुषोत्तम भण्डारी, नेपाल सोतोकान कराते संघका अध्यक्ष श्याम शेर्पा लगायतको उपस्थिति थियो ।


    तेस्रो आँखा