• ट्रेण्डिङ्ग :
संसद्‌‌को प्रमुख प्रतिपक्षी दल रास्वपा मात्रै हो : सन्तोष परियार

संसद्‌‌को प्रमुख प्रतिपक्षी दल रास्वपा मात्रै हो : सन्तोष परियार


  • 2.1K
    SHARES
    • पौष २०, २०८० शुक्रबार
    • २ बर्षs अघि
    • 3.3K Views

    संसद्‌‌को प्रमुख प्रतिपक्षी दल रास्वपा मात्रै हो : सन्तोष परियार

    भक्तपुर । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले देशको हितमा राजनीतिक दलहरूले सहमति र सहकार्यलाई अगाडि बढाएर जानुपर्ने बताएका छन् ।

    images

    आज भक्तपुरमा आयोजित सञ्चार–संवाद कार्यक्रममा प्रमुख सचेतक परियारले खास मुद्दा र खास विषयमा आवश्यकतानुसार राजनीतिक विषयमा सहमति र सहकार्य गर्दै देशको हितमा अगाडि बढ्नुपर्ने बताए ।

    प्रमुख सचेतक परियारले सहमति र सहकार्यको नाममा लोकतान्त्रिक प्रतिस्पर्धामा आधारित सैद्धान्तिक मान्यताविपरीत अगाडि बढ्ने र स्वार्थ केन्द्रित राजनीति अगाडि बढाउने हो भने मुलुकका लागि घातक हुने बताए । उनले प्रतिनिधिसभामा मुख्य प्रतिपक्ष दल अहिले राष्ट्रिय स्वतन्त्र पार्टीमात्रै रहेको जिकिर गरे।


    तेस्रो आँखा