• ट्रेण्डिङ्ग :
दाङमा बालविवाह गर्ने दुलाहसहित पण्डित पक्राउ 

दाङमा बालविवाह गर्ने दुलाहसहित पण्डित पक्राउ 


  • 3.6K
    SHARES
    • पौष २१, २०८० शनिबार
    • २ बर्षs अघि
    • 5.6K Views

    दाङमा बालविवाह गर्ने दुलाहसहित पण्डित पक्राउ 

    तुलसीपुर २१ पुस/ दाङमा बालविवाह गर्ने दुलाहसहित पण्डित पक्राउ परेका छन् । पक्राउ पर्नेमा तुलसीपुर ८ कटकुइया निवासी २९ वर्षीय दुलाह डाक्टर केसी र सोही ठाउँका ५७ वर्षीय पण्डित ताराप्रसाद देवकोटा रहेका जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी रामबहादुर केसीले जानकारी दिए ।

    images

    केसी र तुलसीपुर ५ रानीजरुवा निवासी १४ वर्षीया बालिकाबीच बालविवाह भइरहेको भन्ने गोप्य सूचनाको आधारमा गएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लले जानकारी दिए ।

    इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवराज केसीको कमाण्डमा खटिएको प्रहरी टोलीले विवाह गरिहेकै अवस्थामा घरबाटै शुक्रबार दिउँसो ३ बजेको समयमा पक्राउ गरेको हो ।

    पक्राउ परेका दुई जनालाई जिल्ला अदालत दाङबाट ५ दिनको म्याद थप गरी तुलसीपुरको हिरासतमा राखेर आवश्यक अुनसन्धान भइरहेको प्रहरी निरीक्षक मल्लले बताए ।


    तेस्रो आँखा