• ट्रेण्डिङ्ग :
४ किलो गाजासहित दुई जना भारतीय पक्राउ

४ किलो गाजासहित दुई जना भारतीय पक्राउ


  • 3.6K
    SHARES
    • पौष २१, २०८० शनिबार
    • २ बर्षs अघि
    • 5.6K Views

    ४ किलो गाजासहित दुई जना भारतीय पक्राउ

    मकवानपुर, २१ पुस । मकवानपुर प्रहरीले अवैध लागूऔषध गाजासहित २ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

    images

    शुक्रबार प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी टोलीले हेटौंडा उपमहानगर-१५ रातोमाटेस्थित सडकखण्डमा चितवनबाट वीरगञ्जतर्फ जाँदै गरेको ना ४ ख ५९२२ नम्बरको यात्रुवाहक बसमा सवार भई आएका उनीहरुलाई ४ किलो गाजासहित पक्राउ गरेको हो ।

    पक्राउ पर्नेहरुमा भारतको बिहार राज्य मोतिहारी जिल्ला पश्चिमी चम्पारण वडा नम्बर ३६ बस्ने ३७ वर्षीय जितेन्द्र जैसवाल र सोही ठाउँ बस्ने ३८ वर्षीय मनोज कुमार दास रहेका छन् । उनीहरुले आ-आफ्नो शरीरमा कपडाले छोपी लुकाई छिपाई गरी राखेको अवस्थामा ४ किलो लागूऔषध गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए । उनीहरुमाथि थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ । 


    तेस्रो आँखा