• ट्रेण्डिङ्ग :
मौसम पूर्वानुमान
कोशी र गण्डकी प्रदेशमा हल्का हिमपात, तराईमा हुस्सु

कोशी र गण्डकी प्रदेशमा हल्का हिमपात, तराईमा हुस्सु


  • 2.5K
    SHARES
    • पौष २२, २०८० आइतबार
    • २ बर्षs अघि
    • 3.8K Views

    कोशी र गण्डकी प्रदेशमा हल्का हिमपात, तराईमा हुस्सु

    काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कोशी र गण्डकी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ । तराईका केही स्थानमा हुस्सु लागेको छ।

    images

    दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

    आज राति भने कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ

    ।

     


    तेस्रो आँखा