• ट्रेण्डिङ्ग :
राष्ट्रियसभा निर्वाचन : आज अन्तिम मतदाता नामावली प्रकाशन गरिने

राष्ट्रियसभा निर्वाचन : आज अन्तिम मतदाता नामावली प्रकाशन गरिने


  • 2.8K
    SHARES
    • पौष २२, २०८० आइतबार
    • २ बर्षs अघि
    • 4.3K Views

    राष्ट्रियसभा निर्वाचन : आज अन्तिम मतदाता नामावली प्रकाशन गरिने

    काठमाडौंं । राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत आज अन्तिम मतदाता नामावली प्रकाशन गरिने भएको छ ।

    images

    निर्वाचन अधिकृतको कार्यालयमा अन्तिम मतदाता नामावली प्रकाशन हुने निर्वाचन आयोगले जनाएको छ । पुस २० गतेदेखि प्रकाशित मतदाता नामावलीउपर दाबी विरोधलगायत कार्यको समय सकिएको छ ।

    पुस २३ गते बिहान १० देखि दिउँसो ३ बजेसम्म उमेदवारको मनोनयन दर्ता गरिनेछ । पुस २७ गते उमेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । १ बजेसम्म उमेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने निर्वाचन कार्यतालिका छ ।

    माघ ११ गते बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान गरिनेछ । मतदान सकिएपछि सोही दिनै मतगणना गरिने आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद आर्यालले जानकारी दिएका छन् ।माघ ११ गते राष्ट्रियसभामा रिक्त १९ पदका लागि निर्वाचन हुँदै छ ।


    तेस्रो आँखा