• ट्रेण्डिङ्ग :
चिसोले जाजरकोटमा एक भूकम्प पीडितको मृत्यु 

चिसोले जाजरकोटमा एक भूकम्प पीडितको मृत्यु 


  • 2.7K
    SHARES
    • पौष २२, २०८० आइतबार
    • २ बर्षs अघि
    • 4.2K Views

    चिसोले जाजरकोटमा एक भूकम्प पीडितको मृत्यु 

    जाजरकोट २२ पुस/ चिसोले गर्दा जाजरकोट एक भूकम्प पीडितको मृत्यु भएको छ । भूकम्पले घर भत्किएपछि त्रिपालमा बस्दै आएका भेरी नगरपालिका–१, रावतगाउँ निवासी ५८ वर्षीय कर्णबहादुर विश्वकर्माको चिसोकै कारण मृत्यु भएको हो ।

    images

    पालको बसाइले बिरामी भएपछि कर्णबहादुरलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको थियो । कडा निमोनियाँ देखिएपछि त्यहाँ उपचार नभएपछि  प्रदेश अस्पताल सुर्खेत रेफर गरेर सुर्खेत पुर्‍याउँदा पनि कर्णबहादुरको उपचार सम्भव भएन । उपचारकै क्रममा प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको छोरा रूपलाल विकले बताउनु भयो । 

    भूकम्पपछि त्रिपालमुनि चिसोका कारण मृत्यु हुनेको सङ्ख्या जाजरकोटमा ३१ र रुकुम पश्चिममा ५ गरी ३६ जनाको मृत्यु भैसकेको छ । हिउँदको कठ्याङ्ग्रिँदो चिसोमा त्रिपालमुनि रात कटाउन बाध्य भूकम्प पीडितहरूको ज्यान जाने क्रम रोकिन सकेको छैन ।


    तेस्रो आँखा