• ट्रेण्डिङ्ग :
राष्ट्रियसभामा कांग्रेसलाई १० र माओवादीलाई ६ सिटको भागबण्डा, नेकपा एस असन्तुष्ट

राष्ट्रियसभामा कांग्रेसलाई १० र माओवादीलाई ६ सिटको भागबण्डा, नेकपा एस असन्तुष्ट


  • 4.4K
    SHARES
    • पौष २२, २०८० आइतबार
    • २ बर्षs अघि
    • 6.8K Views

    राष्ट्रियसभामा कांग्रेसलाई १० र माओवादीलाई ६ सिटको भागबण्डा, नेकपा  एस असन्तुष्ट

    काठमाण्डौ २२ पुस/ राष्ट्रियसभामा रिक्त १९ सिटमध्ये कांग्रेसलाई १० र माओवादीलाई ६ सिट छुट्याउने गरी सत्तारुढ दलहरुले भागबण्डा टुङ्ग्याउने तयारी गरेका छन् ।

    images

    यस्तै, एकीकृत समाजवादीलाई २ र जसपालाई १ सिट छुट्याउने तयारी छ । तर ३ सिटको दाबी गर्दै आएको एकीकृत समाजवादी र एक सिट दाबी गर्दै आएको जनमत पार्टीले असन्तुष्टि जनाएका छन् ।

    चार दलले मात्रै भागबण्डा गरेको भन्दै नागरिक उन्मुक्ति र राष्ट्रिय जनमोर्चा पनि असन्तुुष्ट छन् । कोशीमा कांग्रेस र माओवादीले १र१, मधेसमा कांग्रेस र जसपाले १र१, सुदूरपश्चिममा कांग्रेस र माओवादीले १र१ र लुम्बिनीमा कांग्रेस र माओवादीले १र१ सिट पाउने अनौपचारिक सहमति भए पनि बाग्मती, गण्डकी र कर्णालीमा टुङ्गो लाग्न बाँकी छ ।

    आज बैठक बसेर टुङ्गो लगाउने कांग्रेस र माओवादीका नेताहरुले बताएका छन् ।सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयक सहमतिमा टुङ्ग्याउने सर्तमा एमालेलाई पनि राष्ट्रियसभामा सामेल गराउने प्रयास सफल हुन नसकेपछि गठबन्धन दलभित्रै भागबण्डा गर्ने तयारी भएको हो ।

    माघ ११ मा हुने राष्ट्रिय सभा चुनावका लागि सातै प्रदेशमा भोलि उम्मेदवारी दर्ता गर्ने कार्यतालिका छ ।


    तेस्रो आँखा