• ट्रेण्डिङ्ग :
गठबन्धनमा राष्ट्रियसभा सिट बाँडफाँट

गठबन्धनमा राष्ट्रियसभा सिट बाँडफाँट


  • 2.7K
    SHARES
    • पौष २२, २०८० आइतबार
    • २ बर्षs अघि
    • 4.1K Views

    गठबन्धनमा राष्ट्रियसभा सिट बाँडफाँट

    काठमाडौं २२ पुस/ राष्ट्रियसभा निर्वाचनका लागि सत्ता गठबन्धनभित्र बाँडफाँटको विषयमा सहमति जुटेको छ । आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले सिट बाँडफाँट सहमति जुटाएको हो । 

    images

    रिक्त रहेका १९ सिटमध्ये १० मा कांग्रेस, ६ वटामा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), २ वटामा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) र १ सिटमा जनता समाजवादी पार्टी, नेपालले उम्मेदवारी दिनेगरी टुंगो लागेको कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।

    ‘राष्ट्रिय सभाको निर्वाचनको सन्दर्भमा सरकारमा संलग्न र सहयोगमा समर्थन गर्ने दलहरूका बीचमा संयुक्त रूपले उम्मेदवारी दिने विषय टुंगो लाग्यो । जम्मा १९ वटा पदका लागि १० वटा स्थानमा नेपाली कांग्रेसले, ६ वटा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), २ वटा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) र एउटा जनता समाजवादी पार्टी, नेपालले उम्मेदवारी दिनेगरी टुंगो लागेको छ । तदनुरूप अहिलेको गठबन्धनले उम्मेदवारी दिनेछ,’ लेखकले भने, ‘आफ्नो आफ्नो पार्टीमा बसेर अब छलफल गर्छौँ र क्लस्टरका बारेमा पनि धेरै ठाउँमा टुंगो लागिसकेको छ, एक दुई ठाउँमा छलफल गरेर टुंगो लाग्नेछ ।’ 

    उनले क्लस्टरका बारेमा पनि धेरै ठाउँमा टुंगो लागिसकेको र बाँकी रहेका स्थानमा पार्टीमा छलफल गरेर टुंगो लगाउने बताए । 
     


    तेस्रो आँखा