• ट्रेण्डिङ्ग :
दाङमा अति दुर्लभ मानिने गोठे लाटोकोसेरो फेला

दाङमा अति दुर्लभ मानिने गोठे लाटोकोसेरो फेला


  • 7.6K
    SHARES
    • पौष २२, २०८० आइतबार
    • २ बर्षs अघि
    • 11.6K Views

    दाङमा अति दुर्लभ मानिने गोठे लाटोकोसेरो फेला

    लमही २२ पुस/ दाङमा अति दुर्लभ मानिने गोठे लाटोकोसेरो फेला परेको छ । दाङको लमही नगरपालिका वडा नम्बर ७ कप्तानगञ्जमा लाटोकोसेरो फेला परेको हो । स्थानिय कर्ण बहादुर बुढाथोकीले लाटोकोसेरो फेला पारेर संरक्षण गरि राखेका छन् । 

    images

    सन १८२९ मा यो लाटोकोसेरो पहिलोपटक नेपालमा फेला परेको थियो । नेपालमा पाईने २३ प्रजाती लाटोकोसेरो मध्यको यो एक हो । वन्यजन्तु संरक्षण ऐन–२०२९ ले यसको शिकार, बेचबिखन, क्षति पुर्‍याउनेलाई १५ हजारदेखि ३० हजार रुपैयाँ जरिवाना वा तीनदेखि नौ महीना कैद वा दुवै सजाय तोकेको छ ।


    तेस्रो आँखा