• ट्रेण्डिङ्ग :
बरहथवा घटनामा पीडित परिवार र प्रशासनबीच सहमति

बरहथवा घटनामा पीडित परिवार र प्रशासनबीच सहमति


  • 2.8K
    SHARES
    • पौष २२, २०८० आइतबार
    • २ बर्षs अघि
    • 4.3K Views

    बरहथवा घटनामा पीडित परिवार र प्रशासनबीच सहमति

    सर्लाही २२ पुस/ सर्लाहीको बरहथवामा तीन दिनदेखि जारी आन्दोलनमा पीडित परिवार, आन्दोलनकारी र प्रशासनबीच सहमति भएको छ। अस्पताल स्तरोन्नति गर्नुपर्ने विषयमा भएको आन्दोलन फिर्ता लिन आइतबार ११ बुँदे सहमति भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले जानकारी दिए।

    images

    उनका अनुसार बरहथवास्थित प्राथमिक स्वास्थ्य केन्द्र मधेश सरकारलाई हस्तान्तरण गरी ५० शैय्याको बनाउने, त्यस अस्पतालको नाम प्रहरीको गोली लागेर मृत्यु भएका जयशंकर साहको नामबाट नामकरण गर्ने, मृतक परिवारलाई रोजगारी दिने लगायतका विषयमा सहमति जुटेको हो। स्थानीय स्तरमा पूरा गर्न नसकिने मागलाई केन्द्रमा सिफारिस गर्ने गरी सहमति भएको प्रजिअ धमलाले बताए।

    प्रहरीको गोली लागेर शुक्रबार दिउँसो मृत्यु भएका बरहथवा नगरपालिका-६ का जयशंकरको शव घटनास्थलबाट उठाउने समेत तयारी भएको छ। प्रहरीले अहिले घटनास्थलमा पुगेर शवको मुचुल्का उठाइरहेको छ। अस्पतालको स्तरोन्नती गर्ने विषयमा भएको आन्दोलनको क्रममा प्रहरीको गोली लागेर बरहथवा नगरपालिका–६ मा व्यवसाय गर्दै आएका जयशंकरको घटनास्थलमै मृत्यु भएको थियो।

    आइतबार दिउँसो पनि तनाव भएपछि प्रशासन कार्यालयले बरहथवा नगर क्षेत्रमा सोमबार बिहान सम्मको लागि कर्फ्यू आदेश जारी गरेको छ।

    410818066_1423292188568711_7843604873467971331_n-1704635193.png


    तेस्रो आँखा