• ट्रेण्डिङ्ग :
आमाको लडेर मृत्यु, छोरा विदेशमा बेपत्ता

आमाको लडेर मृत्यु, छोरा विदेशमा बेपत्ता


  • 2.3K
    SHARES
    • पौष २२, २०८० आइतबार
    • २ बर्षs अघि
    • 3.6K Views

    आमाको लडेर मृत्यु, छोरा विदेशमा बेपत्ता

    धादिङ। धादिङको बेनिघाट रोराङ गाउँपालिका–८ ओढारेमा रुखबाट खसेर एक महिलाको मृत्यु भएको छ । घाँस झार्ने क्रममा सालको रुखबाट लडेर ४६ बर्षीय कालिमाया चेपाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक सन्तुलाल प्रसाद जैसवारले जानकारी दिए ।

    images

    घरमा श्रीमान् र श्रीमती मात्र बस्दै आएका थिए । दुई छोरा रोजगारिको लागि भारतमा बस्दै आएको र कामको सिलसिलामा भारत जाँदा जेठो छोरो पनि आन्द्रा प्रदेशको विजयवाडाको रेल स्टेसन बाट यही पौया १७ गते देखि वेपत्ता रहेका छन् ।


    तेस्रो आँखा