• ट्रेण्डिङ्ग :
इन्टरपोलबाट डिफ्युजन नोटिस जारी भएका फरार व्यक्ति मकाउबाट पक्राउ

इन्टरपोलबाट डिफ्युजन नोटिस जारी भएका फरार व्यक्ति मकाउबाट पक्राउ


  • 2.3K
    SHARES
    • पौष २२, २०८० आइतबार
    • २ बर्षs अघि
    • 3.5K Views

    इन्टरपोलबाट डिफ्युजन नोटिस जारी भएका फरार व्यक्ति मकाउबाट पक्राउ

    काठमाडौं। ठगी मुद्दामा इन्टरपोलबाट डिफ्युजन नोटिस जारी भई फरार रहेका काठमाडौं तारकेश्वर नगरपालिका-१ घर भएका सफल राज कुँवर पक्राउ परेका छन् । उनलाई सम्बन्धित मुद्दामा कारवाही गर्ने/गराउने प्रयोजनार्थ शनिबार नेपाल फिर्ता ल्याइएको छ ।

    images

    कुँवर लगायत अन्य व्यक्तिहरूले पीडितहरूलाई विभिन्न प्रलोभनमा पारी मकाउमा राम्रो काम हुन्छ भनी ठगी गरेको अपराध मुद्दाका फरार प्रतिवादी कुँवर मकाउमा रहेको खुल्न आएको थियो । अन्तर्राष्ट्रिय स्तरमा खोजतलासको लागि इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०१८ सेप्टेम्बर ११ मा उनी विरुद्ध डिफ्युजन नोटिस जारी भएको थियो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।


    तेस्रो आँखा