• ट्रेण्डिङ्ग :
एकीकृत समाजवादीले कार्यदललाई दियो उम्मेदवार छान्ने अधिकार

एकीकृत समाजवादीले कार्यदललाई दियो उम्मेदवार छान्ने अधिकार


  • 2.3K
    SHARES
    • पौष २२, २०८० आइतबार
    • २ बर्षs अघि
    • 3.5K Views

    एकीकृत समाजवादीले कार्यदललाई दियो उम्मेदवार छान्ने अधिकार

    काठमाडौँ । नेकपा एकीकृत समाजवादीको आज (आइतवार)को सचिवालय बैठकले आसन्न राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवार चयन गर्न अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको कार्यदललाई सर्वाधिकार प्रदान गरेको छ।

    images

    पार्टी केन्द्रीय कार्यालयमा सम्पन्न बैठकले क्षेत्र, क्लष्टर र उम्मेदवार छनोट गर्ने सर्वाधिकार कार्यदललाई दिएको पार्टी कार्यालय सचिव जीवनराम श्रेष्ठले जानकारी दिए। अध्यक्ष नेपाल नेतृत्वको उक्त कार्यदलमा उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव घनश्याम भुसाल रहेका छन्।

    आगामी माघ ११ गते १९ स्थानका लागि हुने निर्वाचन तथा राष्ट्रपतिबाट मनोनीत १ सिट बाँडफाँट गर्न गठबन्धन दलबीच अहिलेसम्म भएका छलफल तथा कार्यप्रगतिबारे बैठकमा अध्यक्ष नेपालले जानकारी गराएका थिए।

    पार्टीले प्राप्त गर्ने सिट सङ्ख्याको अन्तिम टुङ्गो लागेपछि कार्यदलले विभिन्न जिल्ला तथा जनवर्गीय सङ्गठनबाट सिफारिश गरिएका उम्मेदवारमध्ये पार्टी सङ्गठन निर्माणमा योगदान, सम्बन्धित क्षेत्रमा जनस्तरमा समर्पित तथा लोकप्रिय र क्षमता भएर पनि अवसर प्राप्त नगरेका नेतालाई उम्मेदवार छनोट गर्ने जनाइएको छ।

    यसैबीच, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राष्ट्रियसभा निर्वाचनमा ४ प्रदेशमा उम्मेदवार टुङ्गो लगाएको छ।

    राप्रपाले कोशी प्रदेशबाट उद्धव पौडेल, बागमतीबाट हेमजङ्ग गुरुङ, नानु नगरकोटी, भरतमणि भट्ट, पूर्णबहादुर विश्वकर्मा, गण्डकीबाट गौमाया श्रेष्ठ, रोमबहादुर भण्डारी तथा लुम्बिनीका निरञ्जन थापा र विजयलक्ष्मी सिंहलाई उम्मेदवार घोषणा गरेको पार्टी प्रवक्ता मोहन श्रेष्ठले बताए।


    तेस्रो आँखा