• ट्रेण्डिङ्ग :
कांग्रेसले बाँकी रहेका १६ जिल्लाकाे अधिवेशन माघ १५ गते गर्ने (सूचनासहित)

कांग्रेसले बाँकी रहेका १६ जिल्लाकाे अधिवेशन माघ १५ गते गर्ने (सूचनासहित)


  • 6.6K
    SHARES
    • पौष २१, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 10.2K Views

    कांग्रेसले बाँकी रहेका १६ जिल्लाकाे अधिवेशन माघ १५ गते गर्ने (सूचनासहित)

    काठमाडौं, २१ पुस । नेपाली कांग्रेसले अधिवेशन हुन बाँकी रहेका जिल्लाको अधिवेशनको मिति सारेको छ। यही पुस २७ गते गर्ने भनिएका जिल्लाहरुको अभिवेशन माघ १५ गते हुने भएको छ। 

    images

    अधिवेशन हुन बाँकी रहेका १६ जिल्लाको अधिवेशन पुनः सरेको हो। माघ १२ गते हुन लागेको राष्ट्रिय सभा निर्वाचनलाई मध्यनजर गर्दै जिल्ला अधिवेशन पुनः माघ १५ गतेसम्मका लागि सारिएको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ। 

    सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, बाँके, कैलाली, अछाम र नवलपुरका जिल्ला अधिवेशन माघ १५ गते हुने कांग्रेसले जनाएको छ। 270317415_515114676327808_2217995322689403260_n.jpg


    तेस्रो आँखा