• ट्रेण्डिङ्ग :
म्यानचेस्टर सिटीको फराकिलो जित

म्यानचेस्टर सिटीको फराकिलो जित


  • 3.3K
    SHARES
    • पौष २२, २०८० आइतबार
    • २ बर्षs अघि
    • 5.0K Views

    म्यानचेस्टर सिटीको फराकिलो जित

    काठमाडौं । म्यानचेस्टर सिटी एफ ए कपको चौथो चरणमा प्रवेश गरेको छ । आइतबार हडर्सफिल्ड टाउन विरुद्ध ५–० को फराकिलो जित निकाल्दै सिटी चौथो चरणमा प्रवेश गरेको हो ।

    images

    घरेलु मैदान इथियाड स्टेडियममा सिटीको जितमा फिल फोडेनले दुई तथा जुलियन अल्भारेज, ओस्कार बोब र जेरेमी डोकुले समान १ १ गोल गरे ।

    खेलको ३३ औं मिनेटमा अल्भारेजको पासमा फोडेनले गोल गर्दै म्यानचेस्टर सिटीलाई अग्रता दिलाए । ३६औं मिनेटमा अल्भारेजले गोल गरे । ५८औं मिनेटमा सिटीले फोडेनको पासमा बोबले गरेको प्रहार हडर्सफिल्डका बेन ज्याक्सनलाई लागेर क्रसबारमा लाग्दै पोस्ट भित्र छिर्यो ।

    त्यस्तै खेलको ६५ औं मिनेटमा फिल फोडेनले व्यक्तिगत दोस्रो गोल गरे । जेमी डोकूले ७४ औं मिनेटमा गोल गर्दै सिटीलाई ५–० को सहज जित दिलाएका हुन् ।

    आइतबारका अन्य खेलमा वेस्ट ब्रोम, रेक्सह्याम, लिड्स युनाइटेड विजयी भएका छन् ।


    तेस्रो आँखा