काठमाडौं २३ पुस/ उदयपुरमा ५ वर्षीया बालिका बलात्कृत भएकी छिन्। बलात्कार आरोपमा प्रहरीले १ जना युवकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा उदयपुरको बेलका नगरपालिका–२ झण्डीपुर बस्ने २१ वर्षीय दिपन मगर छन्। उनलाई इलाका प्रहरी कार्यालय ठोक्सिला र प्रहरी चौकी भागलपुरबाट खटिएको प्रहरी टोलीले आइतबार दिउँसो पक्राउ गरेको हो।
मगरलते ती बालिकालाई बुधबार दिउँसो जबरजस्ती करणी गरेको भन्दै प्रहरीमा उजुरी परेको थियो।
