• ट्रेण्डिङ्ग :
लुम्बिनीमा एमालेबाट केसी र घर्तीको उम्मेदवारी दर्ता

लुम्बिनीमा एमालेबाट केसी र घर्तीको उम्मेदवारी दर्ता


  • 6.1K
    SHARES
    • पौष २३, २०८० सोमबार
    • २ बर्षs अघि
    • 9.4K Views

    लुम्बिनीमा एमालेबाट केसी र घर्तीको उम्मेदवारी दर्ता

    दाङ, २३ पुस । लुम्बिनी प्रदेशमा नेकपा (एमाले)ले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि तुलसा केसी र झेविन्द्रबहादुर घर्ती क्षेत्रीलाई उम्मेदवार बनाएको छ । उनीहरूले आज प्रदेश निर्वाचन कार्यालय दाङमा उम्मेदवारी दर्ता गराएका छन् ।

    images

    दाङ निवासी एमाले नेता केसीले महिला सिट र पाल्पा निवासी क्षेत्रीले अन्यबाट उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत कुलप्रसाद पाण्डेले बताए । केसी र घर्तीले एमालेका नेता तथा कार्यकर्ताहरूको साथमा घोराही उपमहानगरपालिका १५ स्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।

    केसीको प्रस्तावकमा घोराही उपमहानगरपालिका प्रमुख नरुलाल चौधरी र समर्थकमा लुम्बिनी प्रदेशसभा सदस्य सीता शर्मा चौधरी रहेका छन्। त्यसैगरी घर्तीको प्रस्तावकमा लुम्बिनी प्रदेशसभा सदस्य गिरिधारीलाल न्यौपाने र समर्थकमा लुम्बिनी प्रदेशसभा सदस्य तुलसीप्रसाद चौधरी रहेका छन् । 

    लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्यका लागि दुई सिटमा निर्वाचन हुन भएको छ ।


    तेस्रो आँखा