• ट्रेण्डिङ्ग :
संघले माघ १५ भित्रै प्रहरी हस्तान्तरण गर्छ, तयारी गर्नुस् : मुख्यमन्त्री कार्की

संघले माघ १५ भित्रै प्रहरी हस्तान्तरण गर्छ, तयारी गर्नुस् : मुख्यमन्त्री कार्की


  • 3.6K
    SHARES
    • पौष २३, २०८० सोमबार
    • २ बर्षs अघि
    • 5.5K Views

    संघले माघ १५ भित्रै प्रहरी हस्तान्तरण गर्छ, तयारी गर्नुस् : मुख्यमन्त्री कार्की

    विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले संघीय सरकारले प्रहरी समायोजन गरेर प्रदेश सरकारलाई हस्तान्तरण गर्न लागेकाले त्यसको पूर्वतयारीमा जुट्न आन्तरिक मामिला तथा कानुन मन्त्रालयका कर्मचारीहरुलाई निर्देशन दिएका छन्। 

    images

    आन्तरिक मामिला तथा कानून मन्त्रालयको अनुगमनका क्रममा मुख्यमन्त्री कार्कीले प्रहरी समायोजन माघ १५ गतेभित्रै सक्ने प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिबद्धता जनाएकाले त्यसको तयारीमा जुट्न निर्देशन दिएका हुन्।

    ‘प्रहरी प्रदेशमा आएपछि त्यसको सञ्चालन, सरूवा, बढुवाको विधि निर्माण गरेर पूर्वतायरीमा लाग्नुको विकल्प छैन’, उनले भने, ‘जनताको दैनिकीका साथै शान्ति सुरक्षामा प्रत्यक्ष रुपमा जोडिएको मन्त्रालय भएकाले जनतामा महशुस हुने गरी काम गर्नूहोस्।'

    बजेट कार्यान्वयनको लागि द्रुत गतीमा मन्त्रालयको कामकाज अगाडि बढाउन निर्देशन दिँदै मुख्यमन्त्री कार्कीले बजेट पूर्णरुपमा कार्यान्वयन भएमा जनतासम्म सरकार पुगेको महसुस हुने बताएका छन्। 

    'विपद जोखिम क्षेत्रको नक्साङ्कनको काम चाँडो सकेर विपद व्यवस्थापनको अगाडि बढाउनु होस्', उनले भने, 'नक्साङन पछि हामीले त्यस क्षेत्रका नागरिकलाई विपद् आउनुपूर्व नै सूचित गर्न सकिन्छ, त्यसकारण विपद्का बेला आत्तिने होइन पूर्वतयारीमा जुटौँ।’

    मन्त्रालयले प्रदेशका १४ जिल्लामध्ये ९ जिल्लाको नक्साङ्कन एकीकृत गर्ने काम भइरहेको र बाँकी जिल्लाको अब चाँडै नक्साङ्कनको काम अगाडि बढाउने तयारी रहेको जानकारी गराए।


    तेस्रो आँखा